scheduleसोमवार श्रावण ११ गते, २०७८

प्रतिनिधिसभा विघटन मुद्दामा रमण श्रेष्ठको बहस- धारा ७५ (५) सांसदलाई दिएकाे ब्रह्मास्त्र हो, दलीय ह्वीप लाग्दैन

काठमाडौं, १० असार । प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई सम्मिलित संवैधानिक इजलासमा सुनुवाई जारी छ ।

कांग्रेस सभापति शेर बहादुर देउवा सहितका १ सय ४६ सांसदहरुको तर्फबाट वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठले बहस गर्दै संविधानको धारा ७५ (५) प्रतिनिधि सभाका सदस्यलाई दिइएको ब्रह्मास्त्र भएको बताएका छन्। उनले यसमा सांसदहरूलाई दलीय ह्वीप नलाग्ने तर्क गरेका छन् ।

उनले नेपालको शासन प्रणाली संसदीय प्रणालीभन्दा सुधारिएको बताएका छन् । ‘हामीकहाँ भएकाे प्रणालीले प्रतिस्पर्धाका आधारमा प्रधानमन्त्री बनाउने हाे’, उनले भने ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय