scheduleबिहिवार श्रावण १४ गते, २०७८

राजधानीमा निषेधाज्ञा खुकुलो भएसंगै चहलपहल बढ्न थाल्यो

काठमाडाैं, १० असार । राजधानीमा निषेधाज्ञा केही खुकुलो भएसंगै चहलपहल बढ्न थालेको छ । जारी निषेज्ञालाई केही खुकुलो बनाउने निर्णय गरेसंगै बिहिबार राजधानीमा चहलपहल बढेको देखिएको हो ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको थियो । बार अनुसार डिपार्टमेन्ट स्टोर्स, सपिङ मल लगायत सञ्चालन गर्न पाइने भएपछि व्यवसायीहरुलाई केही राहत मिलेको छ । निजी सवारी तथा ट्याक्सीमा जोर बिजोर प्रणाली लागु गरिएको छ ।

जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेटका सवारी साधन चलाउनुपर्ने नियम लागु गरिएको छ । उक्त नियमको पालना नगर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारबाही गर्ने गरेको छ । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो पार्दै असार १४ गतेसम्म थप गरीएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय