scheduleबिहिवार श्रावण १४ गते, २०७८

हेटौंडा उपमहानगरले ल्यायो २ अर्ब ६० करोडको बजेट (पूर्णपाठसहित)

मकवानपुर, १० असार । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट पेश गरेको छ । उपमहानगरपालिकाको बिहिबार बसेको ९ औं नगरसभामा उपमेयर मिनाकुमारी लामाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालू आर्थिक वर्षको भन्दा ६ करोड ७६ लाख रुपैयाँ बढी बजेट प्रस्तुत गरेको हो । आगामी आर्थिक वर्षका लागि आन्तरिक स्रोतबाट २४ करोड ३८ लाख ७५ हजार रुपैयाँ, राजस्व बाँडफाँडबाट ५६ करोड ८ लाख ८१ हजार रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट १२ करोड ६६ लाख ९६ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट १ अर्ब २ करोड १ लाख रुपैया, नगर विकास कोषको ऋण अनुदानबाट ९ करोड रुपैयाँ र गत वर्षको नगद मौज्दातबाट ५६ करोड रुपैयाँ खर्च व्यहोर्ने जनाइएको छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास क्षेत्रभित्रका समग्र योजनाका लागि १२ करोड ९८ लाख रुपैयाँ, सामाजिक विकास अन्तर्गत स्वास्थ्य तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ८ करोड ७६ लाख १० हजार रुपैयाँ, खेलकूद तथा मनोरञ्जन तर्फ ३ करोड ७२ लाख ८० हजार रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रम संचालनका लागि ३ करोड ७ लाख रुपैयाँ, विपद् व्यवस्थापन र वाताबरण संरक्षण कार्यक्रमका ५ करोड ४४ लाख २२ हजार रुपैयाँ, शिक्षा तर्फको सशर्त र आन्तरिक बजेट तर्फको कार्यक्रम संचालनका लागि ६३ करोड ९२ लाख ९९ हजार रुपैयाँ विनियोजन गरेको छ ।

हेर्नुस् बजेटको पुर्णपाठ

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय