scheduleसोमवार श्रावण ११ गते, २०७८

ओलीको अहंकारले संसद विघटन गरेपनि ‘कोर्स करेक्सन’ गर्न सकिने नेता नेपालको जिकिर

काठमाडाैं, १० असार । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्ष गरिरहेको बताएका छन् । बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसँग गरेको छलफलमा नेता नेपालले ओलीको अहंकारले संसद विघटन गरेपनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरेका हुन् ।

गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गरिने उनको भनाई छ । उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखे ।

देशमा गणतन्त्र आएको छ, संघीयता आएको छ । जनताको चेतना प्रखर भएको छ । सुशासनको प्रत्याभुति, संविधानको रक्षा र सहि काम गरेर जनताको जीवनलाई सम्मृद्ध बनाउनुपर्ने बेलामा संसदलाई विघटन गरेर चुनाव नै हुननसक्ने चुनावको घोषणा गर्नु ओलीको अहंकार मात्रै हो । यो कोर्स करेक्सन गरौ । त्रुटि कमजोरी हुन्छन् सुधार गर्न सकिन्छ’, नेता नेपालले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय