scheduleबिहिवार श्रावण १४ गते, २०७८

नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार नाघ्यो, झन्डै ९ हजारको ज्यान गयो

काठमाडाैं, १० असार । नेपालमा बिहीबार थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार २ सय ३५ पिसिआर परिक्षणका क्रममा १ हजार ५ सय ७७ र ४ हजार ९ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ८९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ६ लाख ५९ हजार ३ सय ६५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप २४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाका कारण ८ हजार ९ सय १८ पुगेको छ । त्यस्तै थप २ हजार ५ सय १८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ ।

हाल नेपालमा ४९ हजार ५५५ संक्रमित आइशालेशन र ३८८ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म ३३ लाख २ हजार ७ सय ४९ पिसिआर र १ लाख ६१ हजार ५ सय ४२ वटा एन्टीजेन गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय