scheduleबिहिवार श्रावण १४ गते, २०७८

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं, १० असार । राष्ट्रपति विद्यादेवि भण्डारीले राष्ट्रिसभाको अधिवेशन आह्वान गरेकी छन् ।

आगामी असार १७ गते बिहीबार दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

असार १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस गरे बमोजिम अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यायका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय