scheduleसोमवार श्रावण ११ गते, २०७८

गण्डकी प्रदेश : थप ९ कोरोना संक्रमितको ज्यान गयो, ३२१ जनामा संक्रमण पुष्टि

कास्की, १० असार । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए ।

शर्माका अनुसार कास्कीमा ४, स्याङजा २, न​वलपसारी पूर्व १ र तनहुँमा २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१४ पुगेको छ ।

त्यसैगरी प्रदेशमा थप ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनाको नमुना परिक्षण गरिएकामा ३२१ जनामा संक्रमण पुष्टि भएको शर्माले जानकारी दिए ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय