scheduleसोमवार श्रावण ११ गते, २०७८

४ अनलाइन कालोसूचीमा, जनताटाइम्सदेखि सेतोपाटीसम्मलाई काउन्सिलले काट्यो पत्र

काठमाडौं, १० असार । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लंघन गरेको विषयमा विभिन्न अनलाइनलाई लिखित पत्र काटेको छ । आचारसंहिता उल्लंघन गर्न पटकपटक प्रेस काउन्सिल नेपालले गरेको आग्रह अटेरी गर्ने ४ अनलाइनलाई कालोसूचीमा राखेको छ ।

काउन्सिलले विहीबार विज्ञप्ति जारी गर्दै नेपालआज डटकम, देशसञ्चार डटकम, सेतोपाटी, जनता टाइम्स, रिपोर्टसनेपाल, सफल खबर लगायत १३ वटा अनलाइन र सञ्चार विज्ञ भानुभक्त आचार्यलाई लिखित पत्र काटेको जनाएको छ । त्यसैगरी काउन्सिलले ८ न्युज पोर्टललाई ध्यानाकर्षण र ४ वटालाई सचेत गराएको छ ।

इहिमालयटाइम्स डटकम, वीरगञ्जसिटी डटकम, एनआरएनखबर डटकम र कोटीपाटी डटकमले आचारसंहिता पालना गर्न गरेको आग्रह अवज्ञा गरेकाले कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ ।

यीमध्ये इहिमालयटाइम्स नियमानुसार दर्ता र सूचीकरण नभएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले जनाएका छन् ।

यसैबिच पछिल्लो समय रुपा सुनवार र सरस्वती प्रधानको सन्दर्भमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सम्प्रेषित समाचार तथा समाचार सामग्रीप्रति समेत प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको जनाएको छ ।

‘पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५(२) मा पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैब्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेद्भाव हुने वा घृणा उत्पन्न गर्नेगरी समाचार सामग्री उत्पादन÷प्रकाशन÷प्रसारण र वितरण गर्न हुँदैन’ भन्ने व्यवस्था रहेको हुँदा यस्ता समाचार सम्प्रेषण गर्दा यी पक्षमा ध्यान पुर्‍याउन सम्बन्धित सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमको ध्यानाकर्षण गराइन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

 

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय