scheduleसोमवार श्रावण ११ गते, २०७८

पाकिस्तान सुपर लिगको उपाधि मुल्तान सुल्तान्सलाई

काठमाडौं, ११ असार । युएईमा सम्पन्‍न पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट २०२१ को उपाधि मुल्तान सुल्तान्सले जितेको छ । गएराति सम्पन्‍न फाइनल खेलमा पेशावर जाल्मीविरुद्ध ४७ रनको प्रभावशाली जीत निकाल्दै मुल्तानले उपाधि जितेको हो ।

मुल्तानले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको पेशावरले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । पेशावरका शोएब मलिकले ४८ रन बनाएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन । कमरान अकमलले ३६ रन बनाए ।

मुल्तानका इमरान ताहिरले ३ विकेट लिए भने ब्लेसिङ मुजाराबानी र इमरान खानले २-२ तथा सोहेल तान्भिरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुल्तानले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०६ रनको विशाल योगफल तयार गरेको थियो । मुल्तानका शोएब मक्सुद ६५ रनमा अविजित रहँदा राइली रुसोले ५० रनको योगदान दिए ।

शान मसूदले ३७ र मोहम्मद रिजवानले ३० रन बनाए । पेशावरका शमीन गुल र मोहम्मद इमरानले २-२ विकेट लिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय