scheduleसोमवार श्रावण ११ गते, २०७८

कोपा अमेरिका फुटबलमा उरुग्वेको पहिलो जीत

काठमाडौं, ११ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार विहान भएको पहिलो खेलमा उरुग्वेले जीत हासिल गरेको छ । पहिलो जीत निकाल्ने क्रममा उरुग्वेले बोलिभियालाई २-० ले हराएको हो ।

उरुग्वेको जीतमा एडिन्सन काभानीले एक गोल गरेका थिए भने एक गोल उपहार पाएको थियो । दुवै हाफमा १-१ गोल सम्भव भएका थिए ।

खेलको ४०औं मिनेटमा बोलिभियाका जाएरो क्‍विन्टेरोसबाट आत्मघाती गोल भएपछि खेलमा उरुग्वेले अग्रता लिएको थियो र पहिलो हाफमा १-० ले अगाडि रह्‍यो ।

दोस्रो हाफको ७९औं मिनेटमा फाकुन्डो टोरेसको पासमा काभानीले गोल गर्दै उरुग्वेलाई २-० को जीत दिलाए र ३ अंक बटुल्न सफल भयो ।

पहिलो जीत निकालेको उरुग्वेको ३ खेलबाट ४ अंक भएको छ र समूह ए को चौथो स्थानमा रहेको छ । अंकविहीन रहेको बोलिभिया पुछारमा छ र एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको छ ।

योसँगै बाँकी ४ टोली नकआउटमा पुग्‍ने पक्का भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय