scheduleसोमवार श्रावण ११ गते, २०७८

श्रीलंकाविरुद्धको टी-२० श्रृंखला एक खेलअगावै इंग्ल्यान्डको पोल्टामा

काठमाडौं, ११ असार । बुधबारदेखि इंग्ल्यान्डमा सुरु भएको इंग्ल्यान्ड र श्रीलंकाबीचको टी-२० श्रृंखलाअन्तर्गत गएराति भएको दोस्रो खेलमा इंग्ल्यान्ड विजयी भएको छ ।

एक खेल खेल्नुअगावै श्रृंखला आफ्नो नाममा गर्ने क्रममा घरेलु टोलीले श्रीलंकालाई ५ विकेटले हराएको हो । वर्षाका कारण दोस्रो इनिङको खेल १८ ओभरमा छोट्याइएको थियो ।

परिमार्जित लक्ष्यका रुपमा १०३ रनको विजयी लक्ष्य पाएको इंग्ल्यान्डले १६.१ ओभरमा ५ विकेटको क्षतिमा उक्त लक्ष्य भेटायो । इंग्ल्यान्डको जीतमा लियाम लिभिङस्टोन २९ रनमा अविजित रहँदा साम बिलिङ्सले २४ रन बनाए भने साम करानले विजयी छक्का प्रहार गर्दै १६ रनमा अविजित रहे ।

श्रीलंकाका वनिन्दु हसरङ्गाले २ विकेट लिँदा इसुरु उडाना, बिनुरा फर्नान्डो र दुस्मान्था चमीराले १-१ विकेट हात पारे ।

त्यसअघि कार्डिफमा टस जितेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १११ रनको सामान्य योगफल तयार गरेको थियो । कुशल मेन्डिसले ३९ तथा कुशल परेराले २१ रन बनाएका थिए । इंग्ल्यान्डका मार्क वूड र आदिल राशिदले २-२ विकेट लिँदा साम करान र क्रिस जोर्डनले १-१ विकेट हात पारे ।

तेस्रो तथा अन्तिम टी-२० भोलि शनिबार हुनेछ । यी दुई टोलीबीच दुई एकदिवसीय खेल पनि हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय