scheduleसोमवार श्रावण ११ गते, २०७८

कोपा अमेरिका फुटबलमा पाराग्‍वेसँग चिली स्तब्ध

काठमाडौं, ११ असार । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलअन्तर्गत शुक्रबार विहान भएको दोस्रो खेलमा पाराग्वे विजयी भएको छ । समूह ‘ए’ अन्तर्गतको खेलमा पाराग्‍वेवले चिलीलाई २-० ले हराएको हो ।

पाराग्‍वेको जीतमा ब्राइयान सामुडियो र मिगुएल अल्मिरोनले १-१ गोल गरे । दुवै हाफमा एक-एक गोल सम्भव भएका थिए ।

खेलको ३३औं मिनेटमा सामुडियोले गोल गर्दै पाराग्‍वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अगाडि रहेको पाराग्वेले दोस्रो हाफमा अर्को गोल थप्‍यो ।

५८औं मिनेटमा प्राप्त पेनाल्टीमा अल्मिरोनले गोल गरेपछि पाराग्वेको अग्रता दोब्बर बन्यो । त्यसपछि थप गोल नहुँदा चिली स्तब्ध बन्यो ।

जीतसँगै ३ खेलबाट ६ अंक भएको पाराग्‍वे अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ४ खेलबाट ५ अंक रहेको चिली तेस्रो स्थानमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय