scheduleसोमवार श्रावण ११ गते, २०७८

अमेरिकाको फ्लोरिडामा १२ तले भवन भत्कँदा कैयौं बेपत्ता

एजेन्सी, ११ असार । अमेरिकाको फ्लोरिडा राज्यस्थित सर्फसाइड सहरमा एउटा १२ तले भवन अचानक भत्किएको छ । न्युयोर्क टाइम्सका अनुसार घटनामा परी अहिलेसम्म १ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ९९ जना सम्पर्कविहीन छन् ।

स्थानीय समयअनुसार बिहीबार मध्यराति साढे १ बजे भवन भत्किएको थियो। भवनबाट बाहिर निस्केका मानिसहरूले भूकम्प आएजस्तो लागेर आफूहरू भागेको बताएका छन् भने कतिले भवनमा मिसाइल ठोक्किएजस्तो आभाष भएको बताएका छन् ।

हराइरहेका व्यक्तिहरुको कुकुर र विद्युतीय उपकरणको सहायताले खोजी थालिसकिएको छ । कम्तीमा ९० जना सम्पर्कविहीन रहेकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीलाई उद्धृत गर्दै सञ्‍चारमाध्यमले जनाएका छन् ।

सन् १९८१ मा बनेको उक्त भवन अचानक किन भत्कियो भन्‍ने कारण खुलिसकेको छैन । स्थानीयहरूले भवनको पुन:प्रमाणिकरणका लागि केही समयदेखि अनुसन्धान भइरहेको र छेउमै अर्को भवन बनिरहेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय