scheduleबिहिवार श्रावण १४ गते, २०७८

आज पनि प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा बहस हुने

फाइल फोटो

काठमाडाैं, ११ असार । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज पनि संवैधानिक इजलासमा बहस हुने भएको छ । रिट निवेदकको तर्फका कानुन व्यवसायीले बुधबार र बिहिबार लगातार बहस गरेका थिए । रिट निवेदक र सरकारी पक्षलाई सर्वोच्च अदाललते १५/१५ घण्टाको समय निर्धारण गरेको छ । रिट निवेदकको तर्फबाट बहसका लागि अब ४ घण्टा ४५ मिनेट समय बाँकी छ ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा कानुन व्यवसायीले बहस गर्नेछन् । हालसम्म रिट निवेदकको तर्फबाट बहसमा भाग लिएका कानुन व्यवसायीहरूले संसद् पुनस्र्थापना गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न र शपथ गराउन सर्वोच्च अदालतले आदेश दिनुपर्ने माग गरेका छन् ।

बिहिबारको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता हरि उप्रेतीले राष्ट्रपति विवादमा परेको र निष्पक्ष समेत नरहेकाले फेरि पनि संविधानअनुसार अगाडि बढ्नेमा प्रश्न उठाए । वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले अदालतबाटै प्रस्ट आदेश आउनुपर्ने बताए।

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले धारा ७६ को उपधारा (३) अनुसार नै केपी ओली अयोग्य भएकाले मार्गप्रशस्त गर्छु भनेपछि फेरि प्रधानमन्त्रीको दावी पेश गर्न नमिल्ने जिकिर गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय