scheduleसोमवार श्रावण ११ गते, २०७८

भारतमा ‘डेल्टा प्लस’ फैलिन थाल्यो, यस्तो छ पछिल्लो कोरोना अपडेट

एजेन्सी, ११ आषाढ । भारतमा तेस्रो लहरको त्रासबीच कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टा प्लस’ फैलिन थालेको छ । अहिलेसम्म ७ वटा राज्यमा डेल्टा प्लसबाट ४० जना संक्रमित भएका छन् ।

डेल्टा प्लसबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको भारतीय समाचार माध्यमले जनाएका छन् । महाराष्ट्रका केही गाउँमा हिडडुलमाथिको प्रतिबन्ध थप कडा बनाइएको छ । त्यस्तै, जम्मू काश्मिर, पञ्जाव, मध्यप्रदेश, कर्नाटक, केरला र तमिलनाडुमा पनि डेल्टा प्लसका बिरामी भेटिन थालेका छन् ।

डेल्टा प्लससँगै महाराष्ट्रमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ९ हजार ८४४ नयाँ संक्रमित थपिएका छन् भने १९७ जनाको मृत्यु भएको छ । हाल त्यहाँ सक्रिय संक्रमितको संख्या २१ हजारभन्दा बढी छ ।

यस्तो छ भारतभरको पछिल्लो अपडेट

भारतमा पछिल्लो २४ घण्टामा ५१ हजार ६६७ नयाँ संक्रमित थपिएका छन् भने १ हजार ३२९ संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म भारतमा कोरोना भाइरसबाट कुल ३ लाख ९३ हजार ३१० जनाले ज्यान गुमाएका छन् । हाल त्यहाँ ६ लाख १२ हजार ८६८ जना सक्रिय संक्रमित रहेका छन् ।

शुक्रबारसम्म ३० करोड ७९ लाख ४८ हजार ७४४ मानिसले कोरोनाविरुद्धको खोप लगाइसकेको भारतीय समाचार माध्यमले जनाएका छन् । पछिल्लो २४ घण्टामा ६० लाख ७३ हजारले कोरोना लगाएको समाचारमा उल्लेख छ ।

पछिल्लो आंकडासँगै भारतभर हालसम्म कुल ३ करोड १ लाख ३४ हजार ४४५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । यसमध्ये २ करोड ९१ लाख २८ हजार २६७ संक्रमित निको भएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय