scheduleसोमवार श्रावण ११ गते, २०७८

चक्रघट्टा गाउँपालिकाले ल्यायो ५० करोड ४४ लाखको बजेट

 

एसपी यादव/ सर्लाही, ११ असार । चक्रघट्टा गाउँपालिकाको आठौं गाउँ सभा बिहीबार सम्पन्न भएको छ । गाउँपालिकाको आठौं गाउँसभाले आ.व. २०७८/७९ को वार्षिक निति, कार्यक्रम र वजेटको सार्वजनिकिकरण गरेको छ।

गाउँ सभाबाट गाउँ विकासका लागि चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५० करोड ४४ लाख ९३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले गाउँपालिकाको आठौं गाउँ सभामा चालू आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५० करोड ४४ लाख ९३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

आ. व. २०७८/८९ को लागि नेपाल सरकारतर्फ वित्तिय अनुदान रकम १० करोड ४३ लाख, सम्पूरक अनुदान रकम १ करोड, विशेष अनुदान रकम १ करोड ५० लाख, सशर्त अनुदान रकम १२ करोड ५७ लाख, सशर्त (पूँजिगत) अनुदान रकम १ करोड २२ लाख, समाजिक सुरक्षा तथा बालपोषण भत्ता अनुदान रकम १० करोड ५० लाख र प्रदेश सरकारतर्फ वित्तिय अनुदान रकम ७१ लाख ७९ हजार, सशर्त पूँजिगत अनुदान रकम ८० लाख, विशेष अनुदान रकम ३० लाख, सम्पूरक अनुदान रकम २० लाख तथा आन्तरिक स्रोत, राजस्व बाँडफाँड र गतसालको अनुमानित अल्या रकम ११ करोड २१ लाख १४ हजार गरि जम्मा कुल आय रकम ५० करोड ४४ लाख ९३ हजार अनुमान गरिएको अध्यक्ष यादवले जानकारी दिए ।

त्यस्तै आ. व. २०७८/७९ को लागि व्ययतर्फ चालू शिर्षकमा ७ करोड २६ लाख ४५ हजार, वित्तीय अनुदान रकम मध्ये पूँजिगत शिर्षकमा १५ करोड ९ लाख ४८ हजार, नेपाल सरकार सशर्त चालुमा. २३ करोड ७ लाख र नेपाल सरकार सशर्त पूँजिगततर्फ ५ करोड २ लाख गरि जम्मा५० करोड ४४ लाख ९३ हजार रकम विनियोजित गरिएको छ ।

आठौं गाउँसभाबाट पुर्वाधार विकास निर्माण कार्य, बित्तिय व्यवस्थापन र सुशासन, सामाजिक विकास, आर्थिक विकास, सामाजिक सुरक्षा, वातावरण खानेपानी तथा सरसफाइ, सिचाइ, स्वास्थ्य, शिक्षा, कृषि, यातायात, संस्थागत विकास तथा सेवा प्रवाह लगायतका कार्यक्रम शीर्षकको लागि बजेट विनियोजित गरिएको छ ।

चक्रघट्टा गाउँपालिकाको प्राङ्गणमा बिहीबार सम्पन्न आठौं गाउँसभाको उद्घाटन गर्दै अध्यक्ष यादवले भने, गाउँपालिकाको बिकास गर्दा साझा समस्या सम्झेर काम गर्नु पर्ने र त्यस अभियानमा सवैले सहयोग गर्नुपर्छ, गाउँ भित्र जसले जहाँ विकास गरे पनि गाउँबासीलाई फाईदा हुने काम गर्नुपर्दछ ।’

उनले गाउँपालिकाका सबै वडामा समानुपातिक विकास गरेर अगाडी बढ्न र कुनै पनि राजनीतिक दलका आधारमा नभई साझा गाउँबासीको भावनालाई कदर गर्दै विकास निर्माण अभियानमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।

सो अवसरमा गाउँ सभामा उपस्थित सम्पुर्णलाई सम्मान समेत गरेको थियो ।

गाउँपालिका अध्यक्ष बिक्रम यादवको अध्यक्षता तथा पालिकाका उप प्रमुख वसोधा कुमारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका सम्पुर्ण कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु, अवकाश प्राप्त शिक्षकहरु, नागरिक समाजका अगुवा, मानव अधिकारवादी, बुद्धिजीवि, किसान वर्ग, सुरक्षाकर्मी, युवा वर्ग, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो । सो कार्यक्रमको उद्घोषण पालिकाका योजना शाखा प्रमुख राम सिंहासन रामले गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय