scheduleसोमवार श्रावण ११ गते, २०७८

हतियार सहित दुई जना सशस्त्र प्रहरीको फन्दामा

एसपी यादव/ सर्लाही, ११ असार । जिल्लाको भारतीय सिमानाकासँग जोडिएको ब्रहम्पुरी गाउँपालिकाको वडा नं. ४ मा पर्ने त्रिभुवननगरबाट अवैध हतियार सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी मौवाहा ग्राम पञ्चायत वडा नं. ११ मा बस्ने वर्ष ४५ को संजय कुमार भारती र जिल्ला सितामढी पुनरदाहा रजवारा पश्चिमी ग्राम पञ्चायत वडा नं. ५ लक्ष्मीपुर बस्ने वर्ष ४० को उमाशंकर महतो रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

बिओपी त्रिभुवननगरबाट खटिएको टोलिले गस्ती गर्दै जाँदा बिहीबार बेलुकी ७:१५ बजेको समयमा त्रिभुवननगरको सेखटोल नजिकै रहेको सिमास्तम्भ नं. ३२२/४ (२८) को छेउ हुँदै भारतबाट नेपालतर्फ प्रवेश गर्न लागेको बिआर ३० एन २०३४ नम्बरको मोटरसाइकलमा सवार दुई जना भारतीय नागरिकमाथी शंका लागि घेराहाली चेकजाँच गर्दा निज व्यक्तिहरुले पिठ्युँमा बोकेको झोलामा मेड इन इटाली लेखिएको ७.६५ एमएमको अटोमैटिक पेस्तोल १ थान र सोमा लाग्ने ७.६५ एमएमको गोलि २ राउन्ड र सोको म्यागजिन २ थान बरामद गरेको थियो । साथै उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाईकल समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका भारतीय नागरिकहरुको साथबाट व्यक्तिगत सरसामान समेत फेला परेको छ । व्यक्तिगत सरसामानमा भारतीय रुपैयाँ नगद १२ हजार ३ सय ८० र मोबाइल २ थान नियन्त्रण लिइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार रातिनै जिल्ला प्रहरी कार्यालय मलङ्ग्वा, सर्लाहीमा बुझाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय