scheduleसोमवार श्रावण ११ गते, २०७८

प्रतिनिधिसभा विघटन मुद्दा: संवैधानिक इजलासमा आजको बहस सकियो

काठमाडौं, ११ आषाढ । आज शुक्रबार संंवैधानिक इजलासमा भएको प्रतिनिधिसभा विघटन मुद्दासम्बन्धी बहस सकिएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजको इजलास स्थगित गरेका छन् ।

जबराले इजलास स्थगित गराउनुअघि रिट निवेदकका कानुन व्यवसायीलाई उनले २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएका थिए।

आजको संवैधानिक इजलास बहसमा वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा. दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए।

शुक्रबारको बहसमा प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले विश्वासको मत लिन्नँ भन्ने ठाउँ कहाँ हो भनेर शेरबहादुर देउवातर्फका कानुन व्यवसायीलाई प्रश्न गरे ।

शेरबहादुर देउवासहित विघटित प्रतिनिधिसभाका १४६ जना सदस्यले दायर गरेको रिट निवेदनमाथि बहस गरेका अधिवक्ता डा. दिनमणी पोखरेललाई प्रधानन्यायाधीश जबराले सोधेका थिए- ‘विश्वासको मत पाउँदिन वा लिन्नँ भन्ने ठाउँ राष्ट्रपति कार्यालय हो कि संसद हो ? प्रोपर ठाउँचाहिँ कहाँ हो ?’

जबराले सोधेको प्रश्नको उत्तर दिँदै अधिवक्ता डा. पोखरेलले केपी शर्मा ओलीले धारा ७६ (३) बाट उपधारा ५ जाने बाटो छाडिसकेको दाबी गरेका थिए । ‘धारा ७६ (५) को कन्टेक्सट मा चाहिँ शेरबहादुरजीले बहुमत सदस्य लिएर जानुभयो’, पोखरेलको उत्तर थियो, ‘अब राष्ट्रपतिको भूमिका अवस्था हेर्ने होइन ।’

प्रधानमन्त्रीले हाउसमा गएर विश्वासको मत लिन सक्छन् कि सक्दैनन् भनेर हेर्ने काम राष्ट्रपतिको नभएको डा. पोखरेलेको दाबी थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय