scheduleशुक्रवार आश्विन १ गते, २०७८

राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको छ : प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडाैं, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई चिथोर्ने प्रतिष्पर्धा चलेको भन्दै आक्रोश व्यक्त गरेका छन् । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रबार बालुवाटारमा आयोजना गरेको पुस्तक लोकार्पणमा प्रधानमन्त्री ओलीले भुतपूर्वको लस्करले राष्ट्रपतिविरुद्ध मुख छाड्ने प्रतिष्पर्धा गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

उनले राष्ट्रपतिलाई दिएको अधिकारमा सिमित रहेको भन्दै उनले गणतन्त्र प्रतिको वैरभावका कारण राष्ट्रपतिविरुद्ध अनावश्यक टिकाटिप्पणी भएको हुनसक्ने बताए । राजनीतिलाइ संसद र जनतामाझ नलगेर अदालतमा लाने प्रवृतिले राजनीतिलाई बिगारिरहेको उनले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले लोकतन्त्र र संविधानका विरुद्धको कदमको मात्र विरोध गरेको भन्दै सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारेका छन् । उनले सरकार बचाउनको लागि आफूले कसैसँग अनुचित सम्झौता नगरेको स्पष्ट पारे । साथै उनले नेपालका केहि पूर्वप्रधानमन्त्रीहरु आफुलाई देशभक्त हुँ भनेर हिड्ने तर विदेशी हस्तक्षेपलाई खुलेआम आमन्त्रण गर्ने गरेको आरोप समेत लगाए । उनले पोलिसी मेन्टेनमा हात हाल्नुस् भनेर पूर्व प्रधानमन्त्रीले खुलेआम भन्ने गरेको जिकिर गरे।

प्रधानमन्त्री ओलीले अदालतको निर्णय एकदिन अघि नै बाहिर आउने कुराले अदालतभित्र पनि सेटिङ भएको हुन सक्ने संकेत गरे । प्रधानमन्त्री ओलीले नेपालको नयाँ नक्सालाई कसैलेपनि मेटाउन नसक्ने धारणा राखे ।

उनले छिमेकी राष्ट्रसंग नेपालले समान व्यवहार गर्ने उल्लेख गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवं प्रकाशित पुस्तकहरुको लोकार्पण गरेका थिए । त्यस्तै पूर्व परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको तीन बर्षे कार्यकालमा सरकारको तर्फबाट अन्तराष्ट्रिय मञ्चमा गरिएको सम्बोधन समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय