scheduleबुधवार आश्विन १३ गते, २०७८

कोइराला निवासमा नेतात्रय, महाधिवशेन केन्द्रीत छलफल

काठमाडाैं, ११ असार । आसन्न १४ औं महाधिवेशनका विषयमा कांग्रेस सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले छलफललाई तीव्रता दिएका छन् ।

शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच महाधिवशेन केन्द्रीत छलफल भएको हो । छलफलका क्रममा एक ठाउँमा उभिन सकारात्मक पहल थालिएको उनीहरुले बताएका छन् ।

महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र आफुहरुका बीचमा सहमति हुनसक्ने सम्भावना रहेको बताए। त्यस्तै उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने बताए ।

त्यस्तै कांग्रेस नेता सिंहले समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिए । यसअघि पनि तीन नेताबीच छलफल भएको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय