scheduleसोमवार आश्विन ४ गते, २०७८

‘माया गर्दै घाँटी रेटेर मारेको पनि मारेको हो र ?’

शिव परियार

विभेदका बिषयमा मेरो कुरा :
‘नरिसाऊ ल नानी, बरु यसो बस्ने अरु साथी खोजिदेऊ है, यसो आउँदै गर है ।’
‘कामी भन्ने बित्तिकै म झस्केँ ।’

बा, हजुरबा पुस्तामा ठाडै अपशब्द गाली वचन बोलेर गरेको विभेद मात्रै विभेद थियो, अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि, यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता यसपटक सामाजिक सन्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चैं विभेद गर्ने शैलीमा अलिक आधुनिकता भित्र्याएको पाईयो ।

जस्तै हुन्छ नि माया गरे जस्तो गर्दै विभेद कायम राख्ने खतरनाक विभेदको आधुनिक शैली ।
गाली गरी गरी घाँटी रेटे पनि,
अथवा ग्वाम्लाङ्गै अङ्गालो हालेर
गालामै च्वाप्प च्वाप्प म्वाइँ खाँदै
घाँटी रेटे पनि परिणाम त आखिर
मृत्यु नै हो ।

तर माया गरेको रैछ नि त, चुम्मा पनि त खाकै रहेछ,
त्यसले घाँटी रेटेर मारेको पनि मारेको हो र ?
रिसाको, गाली गलौज त्यस्तो केहि गरेको थिएन त, कति राम्रोसँग म्वाई खाएर घाँटी रेटेको रहेछ नि ! त्यसरी रेटदा पनि मृत्यु हुन्छ र ?

सामाजिक सञ्जालमा यसपालि यहि सोच स्थापित गर्न विचार प्रस्तुत गर्ने क्रम जारी देखियो । प्रस्तुत विचारअनुसार जातीय विभेद गर्ने शैलीमा पनि अहिले यस्तै आधुनिकतावाद छिरेको प्रष्ट भएको छ ।

हिजोसम्म हामी जातीय विभेदरहित समता समाजको पक्षमा छौं भन्नेहरूको मुकुण्डो उत्रेको पनि देखियो । उनीहरूले यही ठान्ने रहेछन् कि माया गरेर, मिठो बोलेर गरिने विभेद विभेद नै होईन भनेर । मैले माथि भनेँ नि च्वाप्प च्वाप्प म्वाइँ खाएर घाँटी रेटेर मार्ने अपराध होईन भने जस्तै । यस्तो सोचसहित आधुनिक शैलीको जातीय विभेद कायम राख्न चाहनेहरूलाई रुपा सुनार र सरस्वती प्राधानको यो बिषयले झस्काईदिएको हुन सक्छ ।

अशान्ति भो, सामजिक सद्भाव खल्बलियो, यस्तो के गरेको भन्नेहरूलाई मेरो प्रश्न छ- ‘हिजो आफुलाई उच्च जात भनिने पुस्ताले हिजोको कथित तल्लो जात भनिने पुस्तालाई विभेद गर्दा कथित तल्लो जात बनाईएका पुस्ताले प्रतिवाद या बिरोध गर्न सकेनन् । आफुमाथि भएको विभेद सहन बाध्य भए किनकि उनीहरूलाई कानुन बनाएर हात खुट्टा बाँधिएको थियो । अत्यन्तै कमजोर बनाईएको थियो । आफुमाथि जबर्जस्ती लादिएको विभेदको प्रतिवाद गर्न नसक्ने अवस्थामा विभेद सहन बाध्य पारिएका वर्गले विभेद सहिदिएकै कारण समाजमा कथित उच्च वर्गले शान्ति महसुस गरे । किनकि उनीहरूलाई आफ्नो शान्तिको मात्र चिन्ता थियो ।

आफुलाई उच्च जातको मसिहा मान्नेले बोली बचन र जुत्ताको नोकले कथित तल्लो बनाईएका जाति माथि प्रहार गरिरहेर आफ्ना लागि निर्माण गरेको शान्ति ति जातीय उत्पीडित वर्गलाई त सधै मुर्दा शान्ति झैं महसुस भैरह्यो । तर आज समय फेरिएको छ ।

गाउँ गाउँ, शहर शहरमा धेरै रुपा सुनारहरू छन् । उनीहरू छदम भेषि सोचलाई बुझ्न चुक्दैनन् । अन्याय सहदैनन् । विरोध गर्छन् । अनि आज पनि आफु उच्च भई राखेर अरुलाई निचको दर्जामा देखिरहन चाहनेहरूको फेरि टाउको दुख्न सुरु हुन्छ ।


‘नरिसाउँ ल नानि’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइनै रहने हो भने यो विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रुपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र त्यो पक्कै पनि नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म ।

त्यसैले आमा बाबा हजुरआमा हजुरबुवाकाका अपराध अपराध नै होईन भन्ने कुतर्क छोडेर जातीय समता कायम गर्ने बाटोतर्फ सबै नेपाली लाग्न जरुरी छ ।

किनभने उत्पीडित वर्गले छदमभेषी जातिय समानता खोजेको हैन । राज्य, समाज र व्यक्तिबाट मान्छेले मान्छेलाई गर्ने समतामुखी व्यवहार अपेक्षा गरेको हो ।

पहिलो कुरा यो दलित भन्ने शब्द वर्ग वा सम्प्रदाय होईन । यो विभेद अन्त्यका लागि संघर्ष गर्न बनाईएको सांगठनिक मोर्चाको नाम हो । हिजोको दिनमा समाजले पानी चल्दैन है भनेर चरम जातीय विभेद गरेका नेपालका करिब २० देखि माथि जातहरूको साझा संगठन हो दलित ।

जातीय विभेदविरुद्ध जातीय समानता होईन कि जातीय समताको लागि यसको आन्दोलन जारी छ । यहाँ खै किन हो पछिल्लो चरणमा दलित दलित समुदाय भनेर यसलाई जात नै बनाईएको छ यो गलत छ । ०६२/६३ पछि बनेको गनतान्त्रिक सरकारले हिजो चरम विभेद भोगेका दलित वर्ग, मधेसी, जनजातिलाई वर्ग उत्थानको लागि । समावेशी हैसियतमा कोटा उपलब्ध गराएको छ जसमा दलितको जम्मा ९ प्रतिशत पर्दछ ।

तर आफुलाई सर्वहारा जनताको मसिहा ठान्ने सरकारले अहिले त्यो पनि पूर्ण कार्यान्वयन गर्न बन्द गरेको छ ।

हरेक विभेदको घटनामा एउटा सामन्त वर्गको पिँढी सामाजिक सञ्जालमा कोटा खारेज गर दलित कोटा खारेज गर भनी भनी कुर्लिन्छ । उसको मुख्य टार्गेट नै दलित कोटा खारेज गराउनु हो ।
उसले महिला आरक्षण खारेज गर भन्न सक्दैन किनकि महिला आरक्षणका नाममा त ३३ प्रतिशत उसैको वर्गको प्रतिनिधित्व छ ।

यो बिषयमा बोल्दा उसको आफ्नै वर्गको टाउको फुट्छ भन्ने उसलाई थाहा छ, त्यै भएर डराँउछ, ।

उसले जनजातिको आरक्षणको बिषयमा त झन बोल्ने कुरै भएन एक नं. प्रदेश नै बन्द हुने सम्भावना भो । जनजातिहरूहरूसँग भिड्न अलि आँट पुगेन उसको ।

अब आयो मधेसी समुदाय । अहिले तराईका मधेसी समुदायको आरक्षण कतौटिका बिषयमा उसले चुईक्क बोल्न सक्दैन किनभने देश नि दुइटा बनाउँछु भन्ने थ्रेट र तराई झर्नै बन्द हुने अवस्था आउन सक्दछ ।

अब बाँकी को रह्यो भन्दा हिजो चरम जातीय विभेद गरेर दासत्व स्वीकार गर्न बाध्य पारिएका दलित समुदाय, उनीहरूलाई हेर्ने यी सामन्त वर्गको नजरिया र सोच त आज पनि परिवर्तन भएको छैन वा यिनीहरू समतारुपि मन भावले हेर्नै हुँदैन भन्ने मन्साय बोकेर बोलिरहेका छन् ।


०६२/६३ अगाडि विभेद थिएन? दलितको कोटा खारेज हुने बित्तिकै सबले अधिकार पाउँछन् ? जातीय समतासहितको समानता कायम हुन्छ ? कदापि हुँदैन । यो त जातीय रुपमा हिजो दबाईएका दलनमा पर्न बाध्य बनाईएका, मान्छे पनि होईन कि चरम जनावरभन्दा पनि निच व्यवहार खप्न बाध्य पारिएका दलित समुदायका आजका पुस्ता समाजमा शिक्षित भएर बोल्न थाले । उनीहरूको पनि पहुँच पुग्न थाल्यो, उनीहरू पनि हजुर हजुर गरेर टाउको निहुर्‍याएर बोल्नुको सट्टा आँखामा आँखा मिलाएर व्यवहार गर्न थाले पछि अहो अब हाम्रो भाग खाने भो भन्ने डरले फेरि उनीहरूलाई त्यहि दासत्वको जीवन बाँच बाध्य पारिनका लागि सामन्त जहिले पनि कोटा खारेज गर भन्छ ।

कुनै पनि बहानामा जातीय विभेद हुनु हुँदैन भन्दैन । बरु कोटालाई कोठासँग जोडेर बहस गर्छ यो त्यै सामन्तको पिढि हो जसले हिजो मान्छे लाई मान्छे बन्न नदिएकै कारण आज देशमा यत्रो परिवर्तन भै सक्दा पनि एउट वर्ग हरेक दिन मान्छे हुँ म भनेर आफ्नो अस्तित्व मान्छे भएको संसारलाई बताउन बाध्य छ ।


आफ्नो व्यक्तिगत सम्पतिलाई यदि कसैले आम्दानी गर्नकै लागि सेवाको माध्यम अपनाएर पब्लिक प्लेट्फर्मसम्म लान्छ भने चाहे मिठो बोलेर होस् चाहे तितो बोलेर होस् त्यँहा जातीय विभेद गर्न पाईंदैन ।

(परियारको सामाजिक सञ्जालबाट लिइएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय