scheduleशुक्रवार आश्विन १ गते, २०७८

उपत्यकामा निषेधाज्ञा थप्नेबारे सहमति, सार्वजनिक यातायात सञ्चालनबारेको निर्णय सोमबार

काठमाडाैं, १३ असार । उपत्यकामा जारी निषेधाज्ञाका विषयमा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच भएको बैठक सकिएको छ ।

निषेधाज्ञा थप गर्ने कि नगर्ने र निषेधाज्ञाको मोडालिटीबारे कस्तो हुने भन्नेबारे छलफल गर्न आइतबार उपत्यकाका तिन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको हो ।

उक्त संयुक्त बैठकमा निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा सहमति भए पनि निर्णय सोमबारमात्र हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । ‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं । भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’ उनले भने

उनले बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा पनि भोलि नै निर्णय हुने बताए। उनले भने ‘अहिलेकै जस्तो निषेधाज्ञाको मोडालिटी भयो भयो सार्वजनिक गाडी चल्दैन, लुज लकडाउन भयो भने गाडी जोरबिजोरमा चल्न सक्छ।

आज बसेको ललितपुरको डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको प्रस्ताव तीनै जिल्लाको बैठकमा लैजाने निर्णय गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय