scheduleबुधवार आश्विन १३ गते, २०७८

प्रधानमन्त्री र राष्ट्रपतिले पदीय मर्यादा र गरिमा राख्न सकेनन्ः देउवा

काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले पदीय मर्यादा र गरिमा राख्न नसकेको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा नागरिक अगुवाहरुसंग बिपक्षी गठबन्धनले गरेको अन्तर्क्रियामा सभापति देउवाले संविधान र राष्ट्रको हितविपरित काम गरेर प्रधानमन्त्री र राष्ट्रपतिले गरिमा राख्न नसकेको आरोप लगााएका हुन् । संविधानको ७६ को उपधारा ५ ले कुनै पनि संसदको सदस्यले बहुमतका आधार पेश गरे राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने व्यवस्था रहेकाले त्यसका आधारमा दावी प्रस्तुत गरेपनि उल्टै प्रतिनिधिसभा विघटन गरिएको उनले बताए ।

त्यस्तै उनले प्रधानमन्त्री ओली र राष्ट्रपति मिलेर संविधानका प्रावधानलाई धुजाधुजा बनाएको आरोप समेत लगाए । सभापति देउवाले अदालत स्वतन्त्र रहेको र कसैको दबाबमा नपरी निर्णय गर्ने दावी गरे । उनले गठबन्धनको पहिलो प्राथमिकता कोभिड–१९ नियन्त्रण र रोकथाम रहेको पनि उल्लेख गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना हुनेगरी वहस भइरहेको भन्दै तर्क र तथ्यका आधारमा अदालतले संसद् पुनर्स्थापना गर्ने बताए । तर, अदालतले पुनर्स्थापना गरे पनि ढुक्क हुने अवस्था नरहेको प्रचण्डको भनाइ छ। उनले पुनर्स्थापना हुँदा पनि नभए भन्दा राजनीतिक वातावरण बिग्रन सक्ने बताए । उनले स्वार्थका लागि ओलीले जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोप पनि लगाए ।

त्यस्तै एमाले वरिष्ठ नेता माधव कुमार नेपालल केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरे । नेता नेपालले राम्रो प्रणाली मात्र भएर नहुने र संस्कार चाहिने बताए । उनले प्रधानमन्त्री ओलीमा संस्कार नभएको तर्क गरे । नेता नेपालले विपक्षी गठबन्धन लोकतन्त्र र संविधान बचाउनका लागि भएको उल्लेख गर्दै अरूको भन्दा आफ्नो अवस्था भिन्न रहेको धारणा राखे ।

त्यस्तै गठबन्धनका अन्य नेताहरुले मुलुकलाई संवैधानिक ट्रयाकमा ल्याउन र अधिनायकवादी कदमलाई सच्चाउनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय