scheduleशुक्रवार आश्विन १ गते, २०७८

आफ्नो सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने देउवाको भनाइ

काठमाडौं, १५ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वको सरकार बनेपछि कोरोनाको खोप जसरी पनि उपलब्ध गराउने बताएका छन् ।

सोमबार संघीय संसद् भवनमा विपक्षी गठबन्धनले बुद्धिजीवीसँग गरेको अन्तरक्रियामा देउवाले सरकार बनेपछि पहिलो निर्णय कोरोनाविरुद्धको खोप ल्याउने भन्ने नै गर्ने बताए ।

‘कोभिड १९ विरुद्धको खोप जसरी पनि उपलब्ध गराउँछौं। हाम्रो सरकार बनेपछिको पहिलो निर्णय नै त्यही हुन्छ,’ उनले भने । उनले बुद्धिजीवीको कुरा सुनेपछि सार्वजनिक सुनुवाइबिना गरिएका सबै निर्णय खारेज गर्नुपर्ने समेत बताए । ‘संसदीय सुनुवाइ नभए स्वतः अनुमोदन हुने व्यवस्था हटाएर भए पनि अहिले भएका सबै संवैधानिक अंगका नियुक्ति खारेज हुन्छन्’, देउवाले भने ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा पुनस्र्थापना हुने निश्चित नै भए पनि ढुक्क भइहाल्ने अवस्था नरहेको बताए । ‘संसद् त पुनर्स्थापना हुन्छ तर अझै पनि विश्वस्त हुन सक्ने अवस्था छैन । पुनर्स्थापनाले मात्रै पनि समस्याको समाधान हुने अवस्था हुँदैन । त्यसैले अलिकति पनि सतर्कता टुटाउन हुँदैन । आफ्नो ठाउँबाट आवाज उठाइराख्नुपर्छ’, दाहालले भने ।

आजको नागरिक दैनिक बाट ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय