scheduleबुधवार आश्विन १३ गते, २०७८

सहीद स्मारक ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट

काठमाडाैं, १५ असार । सहीद स्मारक ‘ए’ डिभिजन लिग २०७८ असोज ३ गतेबाट शुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा र ‘ए’ डिभिजन लिग खेल्ने क्लबका प्रतिनिधिहरुको सोमबार बसेको संयुक्त बैठकले आगामी असोज तीन गते देखि ‘ए’ डिभिजन लिग शुरु गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण गत वर्ष लिग हुन सकेको थिएन । तर, कोरोना महामारी साम्य भएपछि ‘बी’ र ‘सी’ डिभिजन लिग भने आयोजना भएको थियो ।

बैठकले लिग खेल्ने क्लबहरुका लागि खेलाडि दर्ता खुल्ला गर्ने निर्णय पनि गरेको छ । क्लबहरुले साउन १५ देखि खेलाडी दर्ता शुरु गर्ने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय