scheduleसोमवार श्रावण ११ गते, २०७८

पुरुषका लागि फाइदाजनक यी चार फलफुल

मानिस स्वस्थ रहनका लागि स्वास्थ्यवर्द्धक खानेकुराको पनि महत्व हुन्छ । विशेषज्ञका अनुसार खानपिनमा प्रोटिनले भरिपूर्ण खानेकुराहरु खानु उपयुक्त हुन्छ ।

प्रोटिनको मद्दतले शरीरमा ऊर्जाको स्तर कायम रहन्छ । यसबाहेक, शरीरलाई अन्य पोषक तत्त्वहरू पनि चाहिन्छ जस्तै भिटामिन ए, बी, सी, डी, ई, आइरन, क्याल्सियम, पोटासियम, म्याग्नेसियम आदि ।

त्यसकारण पोषक तत्वका लागि फलफूलको सेवन सबैभन्दा राम्रो मानिन्छ । फलफूलको नियमित सेवनले शरीरलाई बलियो बनाउन धेरै मद्दत गर्छ ।

विशेषगरी पुरुषका लागि धेरै फाइदाजनक फल केके छन् त ? यस लेखमार्फत जान्‍नुहोस् ।

१. अनार

अनार स्वास्थ्यका लागि सबैभन्दा लाभदायक फल मानिन्छ । यसमा विभिन्‍न भिटामिन र खनिज पदार्थ पाइन्छ । अनारको रस नियमित सेवन गर्दा पाचन प्रणाली र मुटु स्वस्थ रहन सक्छ ।

यसले हड्डी र रोग प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । मानिसमा नपुंशकताको भएमा उपचारका लागि अनारको रस पनि लाभदायक हुने विज्ञहरु बताउँछन् ।

२. किवी

किवी फल पनि स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाइन्छ । यसले रोग प्रतिरोधक क्षमता बलियो बनाउन मद्दत गर्छ ।

यसले थकान पनि कम गर्न सक्छ । ‘इरेक्टाइल डिसफंक्शन’को उपचारमा पनि यो फाइदाजनक हुन्छ ।

३. केरा

विशेषज्ञहरूको भनाइअनुसार पुरुषहरूले दिनहुँ केरा खानुपर्छ । यसमा ब्रोमलिन इन्जाइम हुन्छ , जसले यौन शक्ति बढाउँछ र पुरुषमा नपुंशकताको समस्या लाई पनि समाधान गर्छ ।

यो शरीरको लागि अन्य थुप्रै तरिकाहरुका लागि पनि लाभदायक हुन्छ।

४. स्याउ

पौष्टिक तत्वले धनी हुने भएकाले स्याउले शरीरको कमजोरी लाई हटाउँछ र यौनाङ्गलाई स्वस्थ राख्‍न पनि मद्दत गर्छ । यसको एन्टिअक्सिडेन्ट गुणले रोग प्रतिरोधात्मक क्षमतालाई जोगाउन र बलियो बनाउन पनि मद्दत गर्छ । पुरुषहरूले नियमित रूपमा स्याउ खानुपर्छ ।

(यो लेख लेखहरू डाक्टर, विशेषज्ञ तथा शैक्षिक संस्थाहरूसँगको अन्तरक्रियाका आधारमा पाठकको सूचना र जागरुकता बढाउन तयार गरिएको हो । कृपया उपर्युक्त लेखमा उल्लेख गरिएकोजस्ता केही समस्या भएमा चिकित्सकसँग परामर्श लिनुहोला । )

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय