scheduleबुधवार आश्विन १३ गते, २०७८

म्याग्दीमा जीप दुर्घटना हुँदा बालकसहित दुईको ज्यान गयो, ६ घाइते

म्याग्दी, १७ असार । म्याग्दीको मङ्गला गाउँपालिका २ नेवारेखोलामा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । सदरमुकाम बेनीबाट मङ्गलाकै पूर्णगाउँतर्फ जाँदै गरेको यात्रुबाहक जीप दुर्घटना हुँदा दुईजनाको घट्नास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परी १९ वर्षीया सविना भण्डारी र १३ वर्षीय बालक बिमल विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य ६ जना घाइते भएका छन् ।

घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा २५ वर्षीय सुदन आचार्य, २६ वर्षीया एन्जिला भण्डारी, १९ वर्षीय अनिल रसाईली, ८ वर्षीया अदिना नेपाली, ३५ वर्षीया गिता खत्री र ३६ वर्षीय अस्मिता राम्जाली रहेका छन् ।

ग १ ज ७६५२ नम्बरको जीप बुधबार राति करिब साढे ८ बजेको समयमा दुर्घटनामा परेको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय