scheduleसोमवार श्रावण ११ गते, २०७८

टिक टकमा अबदेखि ३ मिनेट लामो भिडियो पोष्ट गर्न पाइने

एजेन्सी, १८ आषाढ । चिनियाँ कम्पनी बाइटडान्सले ३ मिनेटसम्म लामो भिडियो पोष्ट गर्न सकिने गरी टिक टक एपमा परिवर्तन गर्न लागेको छ । योसँगै अबदेखि टिक टकमा लामो भिडियो पोष्ट गर्न पाइने भएको हो ।

हाल टिक टकमा १ मिनेट लामो भिडियो पोष्ट गर्न सकिन्छ । तर कम्पनीले उक्त अवधि ३ गुणााले बढाउन लागेको छ ।

‘लामो भिडियोसँगै प्रयोगकर्ता/भिडियो बनाउने (creator) ले थप स्पेसको आधारमा नयाँ वा लामो सामग्री बनाउन सक्नेछन्’, टिक टकका प्रोड्युसर म्यानेजर ड्रु किर्कोफले भने । प्रयोगकर्ताले केही हप्ताभित्रै हालको भन्दा लामो भिडियो पोष्ट गर्न सक्ने गरी कम्पनीले योजना बनाइरहेको उनको भनाइ थियो ।

स्मार्टफोन प्रयोग गर्ने युवामाझ टिक टक निकै लोक प्रिय सामाजिक सञ्जाल बनिरहेको छ । चीनस्थित बाइटडान्स कम्पनीको स्वामित्वमा रहेको टिक टकका प्रयोगकर्ता विश्वभर १ अर्ब रहेको मानिन्छ । यसमध्ये १० करोड अमेरिकामा छन् ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ स्वामित्वमा रहेका टिक टक र विचाटलाई अमेरिकी बजारमा प्रतिबन्ध गर्ने गरी आदेश जारी गरेका थिए । तर नयाँ राष्ट्रपति जो बाइडेनले यही जुनमा उक्त आदेश खारेज गरिदिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय