scheduleशुक्रवार आश्विन १ गते, २०७८

इस्लामाबादस्थित दूताबासभित्र ड्रोन उडेपछि भारतको कडा आपत्ति

फाइल तस्बिर

एजेन्सी, १८ आषाढ । पाकिस्तानको राजाधानी इस्लामाबादस्थित भारतीय दूताबासभित्र ड्रोन देखिएको छ । दूताबासभित्रै ड्रोन देखिएपछि भारतले पाकिस्तानसमक्ष आपत्ति जनाएको छ ।

भारतीय समाचार माध्यमले इस्लामाबादस्थित भारतीय दूताबासभित्र ड्रोन देखिएको समाचार लेखेका छन् । उक्त घटनालाई लिएर भारतको कडा आपत्ति जनाएको छ । भारतले आफ्नो दूताबासको सुरक्षा उल्लंघन गरिएको भन्दै विरोधपत्र दर्ता गरेको हो ।

तर भारतले कडा आपत्ति जनाएको भएपनि पाकिस्तानले सो घटनाबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

केही दिनअघि भारत प्रशासित जम्मू-कश्मीरस्थित भारतीय सेनाको स्टेशनमा ड्रोनमार्फत् बम विस्फोट गराइएको थियो । उक्त हमलामा लश्कर ए तैयबाको हात रहेको भारतीय अधिकारीहरुले बताउँदै आएका छन् ।

जम्मूस्थित भारतीय वायु सेनाको एक अखडा (एयरफोर्स स्टेशन) मा आषाढ १३ गते राति दुईवटा विस्फोट भएका थिए । पहिलो विस्फोट छतमा भएको थियो र उक्त विस्फोटबाट छतमा क्षति पुगेको थियो । दोस्रो विस्फोट भने खुला स्थानमा भएको थियो । विस्फोटमा दुईजना जवान समेत सामान्य घाइते भएका थिए । छानबिनबाट उक्त विस्फोट ड्रोनमार्फत गराइएको खुलेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय