scheduleशुक्रवार आश्विन १ गते, २०७८

जीप दुर्घटना : तीनको घटनास्थलमै मृत्यु, ११ घाइतेमध्ये ५ को अवस्था गम्भीर

बैतडी, २० असार । सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह धामी, सोही बर्षका मानसिंह साउँद र ६४ वर्षीय रामसिंह धामी रहेका छन् । उनीहरु तीनैजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । उनका अनुसार घाइतेहुनेहरुमा सिगास– ३ का २९ वर्षीय करनसिंह धाँमी, ४५ वर्षीय दलवीर साउँद, ४० वर्षीय चक्र धामी, ३८ वर्षीया वासमती धामी, ४० वर्षीय शेरबहादुर धामी र २० वर्षीय रवीन्द्र धामी सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जीपका चालक १९ वर्षीय खगेन्द्र साउँद र जीप धनि ४४ वर्षीय हरिभान साउँद भने फरार रहेका प्रहरीले जनाएको छ । सोह्र जना सवार जीप सडकबाट करीब ५० मिटर तल खसेको र दुर्घटनाका कारण खुल्न नसकेको छ प्रहरीले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय