scheduleसोमवार आश्विन ४ गते, २०७८

प्रदेश नं १ को प्रदेशसभा बैठक स्थगित

काठमाडाैं, २० असार । प्रदेश नं १ को आठौँ तथा बजेट अधिवेशनको १६ औँ बैठक आज पनि स्थगित भएको छ । निर्धारित समयभन्दा एक घण्टा ढिलो शुरु भएको बैठकमा प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्यहरुले उभिएर विरोध जनाएपछि उपसभामुख सरस्वती पोखरेलले बैठक स्थगित गरेकी हुन् ।

प्रदेशसभाको अर्को बैठक असार २१ गते सोमबार दिउँसो २ बजे बस्ने छ । आइतबारको बैठकमा प्रदेशसभा नियावली, २०७४ को नियम ११८(७) बमोजिम आर्थिक वर्ष २०७८/७९ को विनियोजन विधेयक, २०७८ मा निर्दिष्ट गरी राखिएको सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय