scheduleमगलवार आश्विन ५ गते, २०७८

नायिका जेनी कुँवरद्वारा आत्महत्या

काठमाडौं, २५ असार । नायिका एवम् निर्मात्री जेनी कुँवरले आत्महत्या गरेकी छिन् । जेनीले आफू बस्दै आएको काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा पासो लगाएर आत्महत्या गरेकी हुन् ।

शव सोही अपार्टमेन्टमा नै भेटिएको थियो । प्रहरीले आत्महत्याको कारण डिप्रेशन हुनसक्ने जनाएको छ भने उनको ‘सुसाइड नोट’ समेत भेटिएको छ ।

जेनी विगत १ बर्षदेखि डिप्रेशनमा थिइन् । त्यसैगरी विगत केही समयदेखि उनी पशुपति मन्दिर परिसरमा साधुको अवतारमा पनि बसिरहेकी थिइन् । केही समयअगाडि उनको पशुपति परिसरमा नै लफडा समेत भएको थियो ।

जेनीले चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय