scheduleबुधवार आश्विन १३ गते, २०७८

ओलीले बालुवाटार छाड्दै, देउवाको सपथ साँझ ५ बजे

काठमाडौं, २९ असार । सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट बाहिरिएका केपी शर्मा ओली आजै बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्ने भएका छन् । सर्वोच्चको फैसला आएसँगै परामर्श गर्न राष्ट्रपति कार्यालय गएका ओली अब षड्यन्त्रको कुनै अस्त्र बाँकी नभएपछि अन्ततः बालुवाटार छाड्ने मनस्थितिमा पुगेका हुन् ।

उनीसँगै एमाले महासचिव ईश्वर पोख्रेल र युवा नेता महेश बस्‍नेत पनि शितलनिवास पुगेका थिए । शितलनिवासबाट फर्केलगत्तै सोमबार राती प्रधानमन्त्री ओलीले बालुवाटारमा आफ्ना निकट नेता, कार्यकर्ता,सहयोगी कर्मचारीसँग मंगलबार साँझ बालकोट जानेगरी सामान प्याकिङ गर्न भनेका थिए ।

सर्वोच्च अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै उनले निकटहरुसँग परामर्श गरेको भएपनि फैसला मान्दिनँ भन्‍ने अवस्था नभएको भन्दै चुपचाप बालुवाटार छाड्ने मनस्थितिमा ओली पुगेका हुन् । यद्यपि अदालतको फैसलामा पनि एमाले विभाजित छ ।

पार्टीका वरिष्ठ नेता नेपाल र उनको समुहले फैसलाको स्वागत गरेको छ भने ओलीपक्षीय नेता कार्यकर्ता भने सडकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पुत्ला जलाउन पुगेका थिए । पुत्ला जलाउने कार्यक्रमको नेतृत्व ओलीका विश्‍वासपात्र भनिएका नेता महेश बस्‍नेतले गरेका थिए । उनले प्रधानन्यायाधीशविरुद्ध भाषण समेत दिएका थिए ।

यसैबीच अदालतको फैसलासँगै प्रधानमन्त्री बन्‍ने सौभाग्य पाएका शेरबहादुर देउवाले आजै सपथ लिने कार्यक्रम तय भएको छ । अदालतले २८ घन्टा भित्र प्रधानमन्त्री नियुक्त गर्नु भन्‍ने आदेश दिएपछि राष्ट्रपति कार्यालयले देउवालाई सपथको लागि बोलाएको छ ।

सोमबार देउवा सहितका विपक्षी गठबन्धनको बैठक बसेकै समयमा रास्ट्रपति कार्यालयबाट देउवालाई मङ्गलबार बेलुकी ५ बजे सपथमा आउनु भन्‍ने खबर पुगेको थियो ।

देउवाले आजै सानो आकारको मन्त्रीमण्डल पनि बनाउने छन् । नेपाली काङ्ग्रेस र माओवादी केन्द्रबाट कम्तीमा १/१ जना राखेर देउवाले मन्त्रीमण्डल बनाउने छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय