scheduleसोमवार श्रावण ११ गते, २०७८

स्मृतिमा भानु

विवेक श्रेष्ठ

 

वि.सं.१८७१ साल, पश्चिम तनहुँ चुँदी रम्घाको थुम्कामा
लोकमा भयो एक बालकको जन्म, बिहानी घामको झुल्कामा
उनै बालक थिए भानुभक्त, जन्मिएका धर्मावतीको कोखमा
खेल्दै, पढ्दै हुर्किए बाजे श्रीधर र पिता धनञ्जयको रेखदेखमा

पिता अनि बाजे दुवै थिए संस्कृतका विद्वान
घरमै बसी लिए उनले शिक्षा, दीक्षा र ज्ञान
यसै दिन बिताउँदा, सुने घाँसीको प्रेरणादायी सोच
गर्छु म पनि केही भनी गरे प्रण नाम राख्ने अठोट

संस्कृतकालीन रामायण उल्थागरी बनाए निकै सहज
नेपाली साहित्यको पहिचान दिने उनै आदि अग्रज
रामगीता, बधुशिक्षा, भक्तमाला र प्रश्नोत्तरी
साहित्यिक श्रृजना उनको भुल्दैन लोकले कसैगरी

सरल शैली लोक भाषा बन्यो उनको चिनारी
योगदानको सम्मान खातिर आदिकविको पगरी
युग युग बाँचीराख्नेछन बिलाए पनि उनको तन
२०७ औ भानु जयन्तीमा हार्दिक श्रद्धा सुमन ।

(श्रेष्ठ सिद्धार्थ वनस्थली इन्स्टिच्युट, काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय