scheduleशुक्रवार आश्विन १ गते, २०७८

ज्योतिषको सल्लाह: देउवाले ६ बजे प्रधानमन्त्रीको सपथ नलिने !

काठमाडौं, २९ असार । नवनियुक्त प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालय बाट तोकिएको समयभन्दा ३५ मिनेटपछि मात्रै प्रधानमन्त्रीको रुपमा सपथ लिने भएका छन् ।

सोमबार सर्वोच्च अदालतको फैसलापछि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले काङ्ग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

नियुक्ति सङ्गै साँझ ६ बजे सपथको लागि बोलाइएको भएपनी ज्योतिषको सल्लाह अनुसार देउवाले ६ बजे सपथ नलिने स्रोतले बतायो ।

जहिलेसुकै ज्योतिषलाई हेराएर मात्रै निर्णय लिने देउवाले ज्योतिषीको सल्लाहअनुसार साँझ ६:३२ बजेपछि सपथ लिनु उत्तम हुने खबर पाएका थिए ।

उनले यसअगाडि प्रधानमन्त्री हुँदा र काङ्ग्रेस सभापतिमा उम्मेदवारी दिदा समेत ज्योतिषको सल्लाह अनुसार निर्णय लिएका थिए ।

आजै प्रधानमन्त्री देउवाले काङ्ग्रेससहित माओवादी केन्द्रलाइ समेटेर सानो आकारको मन्त्रीम्ण्डल गठन गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय