scheduleबुधवार आश्विन १३ गते, २०७८

भिन्स र ग्रेगरी चम्किँदा पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिनस्वीप

काठमाडौं, ३० असार । पाकिस्तानविरुद्धको एकदिवसीय क्रिकेट श्रृंखलामा इंग्ल्यान्डले क्लिनस्वीप गरेको छ । गएराति भएको खेलमा ३ विकेटको जीत निकाल्दै इंग्ल्यान्डले श्रृंखला ३-० ले जितेको हो ।

पाकिस्तानले प्रस्तुत गरेको ३३१ रनको चूनौति इंग्ल्यान्डले ४८ ओभरमा पूरा गर्‍यो । इंग्ल्यान्डको जीतमा जेम्स भिन्सले शतकीय पारी खेलेका थिए । उनले १०२ रन बनाए । त्यसैगरी लेविस ग्रेगोरीले ७७ रन बनाए ।

ज्याक क्रलीले ३९ र फिलिप साल्टले ३७ रन बनाए । पाकिस्तानका ह्‍यारिस राउफले ४ विकेट लिँदा शादाब खानले २ र हसन अलीले १ विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनाएको थियो । कप्तान बाबर आजमले १५८ रनको उत्कृष्ट पारी खेलेका थिए ।

त्यसैगरी मोहम्मद रिजवानले ७४ र इमाम उल हकले ५६ रन बनाए । इंग्ल्यान्डका ब्राइडन कार्सले ५ विकेट लिएका थिए भने शाकिब महम्मुदले ३ र म्याथिउ पार्किन्सनले १ विकेट हात पारे ।

यी दुई टोलीबीच तीन खेलको टी-२० श्रृंखला शुक्रबारदेखि सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय