scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं, ३१ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मन्त्रालयका नियमित एजेण्डाबारे छलफल गर्न बैठक दिउँसो २ बजे सिंहदरबारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लोपटक प्रधानमन्त्री बनेपछि मंगलबार पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको थियो ।

सो बैठकले कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै व्यक्तिलाई आगामी चैत मसान्तभित्र खोप लगाइसक्ने निर्णय गरेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय