scheduleबुधवार आश्विन १३ गते, २०७८

अफगानिस्तानको भिडन्तमा भारतीय फोटो पत्रकार मारिए

एजेन्सी, १ साउन । अफगानिस्तानको कान्दाहार प्रान्तस्थित स्पिन बोल्डाकमा सुरक्षाकर्मी र तालिवान विद्रोहीको भिडन्तमा भारतीय फोटो पत्रकार दानिश सिद्दिकी मारिएका छन् । सुरक्षाकर्मीहरुकै साथमा त्यहाँ पुगेका उनीमाथि आतंकवादीहरुले हमला गरेको इस्लामाबादस्थित भारतीय राजदूत फरिद मामुन्दजईले जनाएका छन् ।

अन्दाजी ४० वर्षका सिद्दिकी समाचार संस्था रोयटर्सका लागि काम गर्थे । उनी केही दिनदेखि कान्दाहरमा भइरहेको अवस्थालाई रिपोर्टिङ गर्दै थिए ।

उनले आफ्नो करियर टेलिभिजन समाचार संवाददाताका रूपमा सुरु गरेका थिए । त्यसपछि उनले सन् २०१० मा प्रशिक्षार्थी फोटो पत्रकारको रूपमा रोयटर्समा काम गर्न थालेका थिए।

यो हप्तामात्रै तालिबानले कान्दहर स्पिन बोल्डाक क्षेत्रलाई नियन्त्रणमा लिएको थियो । अहिले त्यहाँ तालिबान र सुरक्षाकर्मीहरूबीच द्वन्द्व चर्किएको छ ।

दानिश पुलित्जर पुरस्कारका विजेतासमेत हुन् । सन् २०१८ मा बंगलादेशबाट म्यानमार पुगेकी थकित रोहिंग्या महिलाले माटो छोइरहेको उनको तस्वीरले पुलित्जर पुरस्कार पाएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय