scheduleशुक्रवार आश्विन १ गते, २०७८

मापसे गरेका थापाको मेथ्लाङ डाँडाबाट खसेर ज्यान गयो

पोखरा, २ साउन । कास्कीको पोखरा महानगरपालिका १८ मेथ्लाङस्थित मेथ्लाङ डाँडाबाट खसेर एकजना युवकको ज्यान गएको छ ।

मदिरा सेवन गरेर साथीहरुसँग त्यहाँ पुगेका सन्जोग थापा शुक्रबार दिउँसो साढे १ बजेतिर डाँडाबाट खसेका थिए ।

डाँडाको भीरबाट करिब ५० मिटर तल खसेपछि गम्भीर घाइते भएका उनलाई उपचारका लागि पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरीले उनका साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय