scheduleशुक्रवार आश्विन १ गते, २०७८

भेरोसेल खोपको अभावमा पोखरामा खोप अभियान स्थगित

पोखरा, २ साउन । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि भेरोसेल खोप लगाउने तय भएकोमा खोप सकिएपछि खोप अभियान स्थगित भएको हो ।

यद्यपि पोखरामा पहिले अमेरिकी खोप ‘जनसन एन्ड जनसन’ को एक डोज मात्र लगाए पुग्‍ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरिएको भएपनि पछि त्यो खोप नलगाउने भनेर मन्त्रालयबाट जानकारी आएपछि भेरोसेल नै दिइने तय भएको थियो ।

पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहलाई जनसन खोप दिने तयारी छ । कतिपय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ । लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महाशाखाको भनाइ छ ।

सरकारले ५५ वर्षमाथिका जेष्ठ नागरिकका साथै शिक्षकशिक्षिक, सार्वजनिक गाडीका चालक सहचालक, अत्यावश्यक सेवाका कर्मचारी लगायतलाई खोप दिने व्यवस्था मिलाएको थियो ।

अनावश्यक भिड र लक्षित वर्गभन्दा बाहिरका लागि खोप दिनुपर्ने बाध्यताले पनि चाँडै खोप सकिएको महानगर स्वास्थ्य महाशाखा प्रमुख आचार्यको भनाइ छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय