scheduleसोमवार श्रावण ११ गते, २०७८

विश्‍वासको मत लिन देउवाले किन गरे ‘तातै खाऊँ, जल्दै मरौं’ ?

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै अपरान्ह ४ बजेपछि संसदबाट विश्‍वासको मत लिँदै छन् । प्र‍धानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्‍वासको मत लिनुपर्ने भएपनि प्रधानमन्त्री देउवाले हतार–हतार विश्‍वासको मत लिन खोज्‍नु अर्थपूर्ण मानिएको छ ।

प्रधानमन्त्री देउवाले हाल सत्ता गठबन्धनमा रहेका दलहरुबहेक विपक्षी नेकपा एमालेबाट समेत मत लिनुपर्ने भएकोले उनको यो ‘तातै खाऊँ, जल्दै मरौं’ भने जसरी विश्‍वासको मत लिने योजना आकस्मिक रुपमा बिहान मात्रै बनेको हो । नेकपा एमालेले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सहित केही सांसदलाई हटाउने सूचना पाएपछि आजै काम सकेर बस्‍ने मुडमा प्रधानमन्त्री पुगेको स्रोतको दाबी छ ।

एमालेको माधव समूहले विश्‍वासको मत दिने नदिने टुङ्गो पनि नभएको र एमालेमा विद्रोह भएमा माधव समूहमा कती सांसद उभिन्छन् भन्‍ने यकिन पनि नभएकोले छिट्टै मत लिन चाहेको काँग्रेस स्रोतले बतायो । यता एमाले प्रवक्ता प्रदिप ज्ञवालीले पार्टीको निर्णय भन्दा बाहिर गएर सरकारलाई विश्‍वासको मत दिएमा त्यस्ता सांसदलाई एमालेमा ठाउँ नहुने बताइसकेका छन् ।

अहिले ४ बजे शुरु हुने संसद बैठकको दोस्रो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्‍वासको मत लिने उल्लेख छ । नेकपा एमालेको ओली पक्षले भने प्रधानमन्त्रीलाई विश्‍वासको मत नदिने निर्णय गरिसकेको छ ।

प्रधानमन्त्री देउवालाई कम्तिमा ८ देखी १० मत मात्रै माधव समूहले दिनुपर्ने देखिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय