scheduleशुक्रवार आश्विन १ गते, २०७८

जसपाको ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौं, ३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

​प्रधानमन्त्री देउवाले ठाकुरलाई विश्वासको मत दिन पत्रमार्फत् आग्रह गरेका थिए । काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा भएको छलफलमा देउवाले ठाकुरलाई मधेशको माग पुरा गर्ने आश्वासन दिएका थिए ।

देउवाको सो आश्वासन पछि ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई विस्वासको मत दिने निर्णय गरिसकेको छ । प्रतिनिधिसभामा जसपाका ३२ सांसद रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय