scheduleशुक्रवार आश्विन १ गते, २०७८

धवन र किशनको अर्धशतकमा श्रीलंकाविरुद्ध भारतको सहज जीत

काठमाडौं, ४ साउन । श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले एकदिवसीय श्रृंखलाअन्तर्गत पहिलो खेलमा जीत हात पारेको छ । गएराति सम्पन्‍न खेलमा भारतले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको २६३ रनको विजयी लक्ष्य भारतले ३६.४ ओभरमा केवल ३ विकेटको क्षतिमा भेट्टायो । भारतको जीतमा कप्तान शिखर धवनले ८६ रनको अविजित पारी खेले । ९५ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

त्यसैगरी इशान किशनले ५९ रन बनाउँदा पृथ्वी शले ४३ रन बनाए । सुर्यकुमार यादव ३१ रनमा अविजित रहे । श्रीलंकाका धनन्जय डासिल्भाले २ विकेट लिए भने लक्षण सन्दकनले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २६२ रन बनाएको थियो । चमिका करुणारत्‍नेले अविजित ४३ रन बनाउँदा कप्तान दशुन शनकाले ३९ रन बनाए ।

भारतका दीपक चहर, कुलदीप यादव र युजुभेन्द्र चहलले २-२ विकेट लिँदा हार्दिक पान्ड्या र क्रुणाल पान्ड्याले १-१ विकेट हात पारे ।

जीतसँगै भारतले तीन खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय