scheduleसोमवार श्रावण ११ गते, २०७८

यी हुन् देउवालाई मत दिने ओली पक्षका ८ सांसद

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राति संसदबाट विश्‍वासको मत प्राप्त गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले पार्टीगत रुपमै समर्थन गरी विश्‍वासको मत दिएका थिए भने प्रतिपक्षी नेकपा एमालेबाट पनि केही सांसदले मत दिएका थिए ।

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका १४ जना सांसदले मत दिँदा अध्यक्ष केपी शर्मा ओली पक्षधर ८ सांसदले पनि फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन् ।

ओलीपक्षीय सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम, पार्वती विशंखे, हिरा केसी, बिना बुढाथोकी, समिना हुसेन र धनबहादुर बुढाले देउवालाई मत दिएको एमाले कार्यालय सचिव समेत रहेका सांसद शेरबहादुर तामाङले पुष्टि गरेका छन् ।

माधव नेपाल समूहकै १० सांसदले भने मतदान प्रक्रियामा भाग लिएनन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय