scheduleसोमवार आश्विन ४ गते, २०७८

आयरल्यान्डसँगको पहिलो टी-२० मा दक्षिण अफ्रिकाको जीत

काठमाडौं, ५ साउन । आयरल्यान्ड भ्रमणमा रहेको दक्षिण अफ्रिका क्रिकेट टोलीले टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा जीत निकालेको छ । गएराति भएको खेलमा दक्षिण अफ्रिका ३३ रनले विजयी भएको हो ।

दक्षिण अफ्रिकाले दिएको १६६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले पूरा २० ‌ओभर खेल्दै ९ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । हेरी टेक्टरले ३६ तथा बेरी मेकर्थीले अविजित ३० रन बनाएपनि टोलीको जीतका लागि पर्याप्त हुन सकेन ।

कप्तान एन्डी बालबिर्नेले २२ रन बनाए । दक्षिण अफ्रिकाका तब्रेज शम्शीले ४ विकेट लिँदा जर्ज लिन्डे र लुङ्गी एङ्गिडीले २-२ तथा कगिसो रबाडाले १ विकेट लिए

त्यसअघि डब्लिनमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६५ रन बनाएको थियो । एइडेन मार्करमले सर्वाधिक ३९ रन बनाएका थिए ।

त्यसैगरी डेभिड मिलरले २८, राशी भान डेर डुसेनले २५ र क्‍विन्टन डिककले २० रन बनाए । आयरल्यान्डका मार्क अडेयरले ३ विकेट लिँदा सिमी सिंह र जोसुवा लिटिलले २-२ विकेट लिए ।

जीतसँगै दक्षिण अफ्रिकाले ३ खेलको श्रृंखलामा १-० को अग्रता लिएको छ । दोस्रो खेल बिहिबार हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय