scheduleशुक्रवार आश्विन १ गते, २०७८

भिसाको समस्या: सन्दीपले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउने सम्भावना

प्रतिक भट्ट

काठमाडौं, ५ साउन । इंग्ल्यान्डमा हुन लागेको ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा सहभागी हुन बेलायत पुगेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई पुनः भिसाको समस्याले सताएको छ ।

यसअघि वोर्सटरसायरबाट भाइटालिटी ब्लास्ट खेल्ने तय भएका सन्दीपलाई भिसाको समस्याले गर्दा प्रतियोगिता गुमाउनुपरेको थियो । सो प्रतियोगितामा उनको स्थानमा इश सोधीले खेलेका थिए ।

लामिछाने बेलायत पुगेर १० दिने क्‍वारेन्टाइन अवधिको ९ दिन पूरा गरिसकेका छन् । यद्यपि उनी टाइर ५ भिसामा त्यहाँ पुगेका कारण यही अवस्थामा प्रतियोगितामा भने खेल्न पाउने छैनन् ।

टाइर ५ भिसामा आएका व्यक्तिलाई व्यावसायिक खेलकुद प्रतियोगितामा सहभागी गराउन नपाइने इंग्ल्यान्ड क्रिकेट बोर्डको नियममा उल्लेख छ । त्यसकारणओ सन्दीप अप्ठेरोमा परेका हुन् ।

सन्दीपको टोली ओभल इन्भिन्सिबल्सका कप्तान साम बिलिङ्सले हालको अवस्थामा केही पनि कुरालाई लिएर निश्‍चिन्त हुन नसकिने बताएका छन् । यो महामारीको समयमा धेरैजसो खेलाडीहरु विभिन्‍न बाधाअड्चन पार गरेर त्यहाँ पुगेका छन् । सन्दीप पनि विशेष प्रतिभा भएका कारण बाधाहरुबाट मुक्त भएर खेलका लागि तयार हुने उनको विश्‍वास छ ।

तर सन्दीपले प्रतियोगिता गुमाउनुपर्ने अवस्था आएमा तब्रेज शम्शीलाई ल्याउने तयारीमा छ । विदेशी खेलाडीका रुपमा सुनिल नारायण र कोलिन इन्ग्राम भने खेल्नका लागि योग्य भइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय