scheduleशुक्रवार आश्विन १ गते, २०७८

भिसाकै कारण सन्दीप ‘द हन्ड्रेड’ खेल्नबाट वञ्‍चित

-फाइल तस्वीर/दिल्ली क्यापिटल्स

काठमाडौं, ५ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने भएका छन् । सन्दीप टाइर ५ भिसामा त्यहाँ पुगेका कारण उनले प्रतियोगिता गुमाउने भएका हुन् ।

प्रतियोगिता गुमाउने भएपछि सन्दीप आज वा भोलिसम्ममा नेपाल फर्किने उनका व्यवस्थापक रमन शिवाकोटीले जनाएका छन् । सन्दीप गत असार २४ मा इंग्ल्यान्ड गएर क्‍वारेन्टाइन अवधि पूरा गर्न लागिसकेका थिए ।

बिहिबारदेखि सुरु हुने प्रतियोगिताका लागि सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड (झन्डै १ करोड नेपाली रुपैयाँ) मा अनुबन्ध भएका थिए ।


यो पनि:

भिसाको समस्या: सन्दीपले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाउने सम्भावना


सन्दीप पूर्ण रुपमा प्रतियोगिताबाट बाहिरिने निश्‍चित भएपछि उनको स्थानमा दक्षिण अफ्रिकी लेगस्पिनर तबरेज शाम्सी खेल्ने छन् । शाम्सी टी२० वरियतामा शीर्षस्थानका बलर हुन् ।

सिंगल राउन्ड रोबिनको आधारमा हुने यस प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् ।

प्रतियोगिताको फाइनल खेल २१ अगष्टमा हुने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय