scheduleसोमवार श्रावण ११ गते, २०७८

सुनचाँदीको मुल्य घट्यो, तोलामा कति ?

काठमाडौं, ६ साउन । बुधबार सुनचाँदीको मुल्य घटेको छ। मंगलबार प्रतितोला ९३ हजार २०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बुधबार तोलामा ७ सय रुपैंयाले घटेको हो ।

बुधबार सुन प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मुल्य पनि तोलामा २० रुपैंयाले घटेको छ। मंगलबार प्रतितोला १ हजार २८० रुपैंयामा कारोबार भएको चाँदी बुधबार प्रतितोाला १ हजार २६० रुपैंया कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय