scheduleबुधवार आश्विन १३ गते, २०७८

वीपी कोइरला ‘भर्सटाइल नेता’ : प्रधानमन्त्री देउवा

काठमाडाैं, ६ साउन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरलाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गरेको योगदान अतुलनिय रहेको बताएका छन् ।

बुधबार वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल रुपमा आयोजना गरेको वीपी पुण्य तिथि विशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले वीपी कोइरला ‘भर्सटाइल नेता’ भएको भन्दै उनिबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले वीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै वीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने जिकिर गरे । वीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्ने उनले बताए ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले वीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालीन विश्वमै अनुकरणीय रहेको धारणा राखेका थिए । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस कांग्रेसले कोरोनाका कारण भर्चुअल रुपमा मनाएको हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय