scheduleसोमवार श्रावण ११ गते, २०७८

सरकारले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न विशेष प्याकेज ल्याउने

काठमाडाैं, ६ साउन । सरकारले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न विशेष आर्थिक प्याकेज ल्याउने भएको छ । नेपाल उद्योग परिसंघको १८ औ वार्षिक साधारणसभाको बुधबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना प्रभावित उद्योग व्यवसाय बचाउन सरकारले राहत प्याकेज ल्याउने बताएका हुन् ।

यस्तै अर्थमन्त्री जनार्दन शर्माले पनि कोरोना खोपसँगै सरकारले राहतको प्याकेज ल्याउने बताए । उनले कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको बताए । कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको पनि उल्लेख गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय